काठमाडौं । नेपालका आन्तरिक मामलाहरुमा टिप्पणी गरिराख्ने भारतीय चिन्तक एसडी मुनीले आगामी राष्ट्रपति चयनका विषयमा पनि आफ्नो राय प्रस्तुत गरेका छन् ।
राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्नुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको लाइनमा उनले समर्थन जनाएका छन् । आज एउटा ट्वीट गर्दै मुनिले रानेपालमा राष्ट्रिय सहमतिको राष्ट्रपतिको ‘माग’ जायज भएको बताएका हुन् ।
साथै उनले उच्च प्रतिष्ठा र राजनीतिक सुझबुझ भएका तर कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेका व्यक्तिलाई राष्ट्रपति बनाउन सुझावसमेत दिएका छन् । उनले चार जनाको नामसमेत प्रस्तावित गरेका छन् । मुनिले प्रस्ताव गरेका नाम हुन् । भुतपूर्व सभामुख दमननाथ ढुंगाना देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल र पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला । यी नामहरुमा राजनीतिक वृत्तले ध्यान दिनुपर्ने उनको सुझाव छ ।
Demand in Nepal for a consensual new President sounds valid. Non-partisan persons of impeccable integrity and political sensitivity like Davendra Raj Pandey, Prof Baral, Daman Dhungana, Anuradha Koirala deserve to be considered by the political class.
— SUKH DEO MUNI (@SDMUNI) February 20, 2023
प्रकाशित: ८ फाल्गुन २०७९, सोमबार ११:४७