अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित



काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा सर्भर डाउन हुँदा केही उडानसमेत बन्द भएका छन्।

करिब एक घण्टादेखि सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकोले उडान प्रभावित भएको अध्यागमन कार्यालयले जनाएको छ। सयौँ यात्रुलाई समस्या भएको छ। उडान भर्न लागेका यात्रुहरूले धेरै समय पर्खनुपरेको छ।

विदेशबाट आएका सयौँ यात्रुहरू लामो समयसम्म लाइनमै बस्न बाध्य छन्।

निर्देशक कमल प्रसाद पाण्डेले भने इन्टरनेटमा समस्या आएकोले आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेको बताए।

उनले भने ‘‘इन्टरनेटमा समस्या आएकोले पासपोर्टको डिजिटल स्क्यानिङ हुन सकेन। केही समय उडान, अवतरण बन्द भयो। अहिले मर्मतको काम भइरहेको छ।’’

फ्लाई दुबई, एयर इन्डिया, इन्डियाको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका ९ वटा जति उडान प्रभावित भएको छ। अध्यागमनमा पटक पटक यस्तो समस्या हुँदा गृह मन्त्रालय र अध्यागमन विभागलाई ताकेता गरे पनि समाधान नभएको कर्मचारीको गुनासो छ।

Tags :

प्रकाशित: ८ फाल्गुन २०७९, सोमबार १४:३४