काठमाडौं। थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका विद्यार्थीबीच झडप भएको छ।
झण्डा हटाइएको विषयमा विवाद हुँदा झडप भएको क्याम्पस प्रशासनले जनाएको छ। क्याम्पस स्रोतका अनुसार निषेधित क्षेत्रमा झण्डा राखेको भन्दै नेविसंघका विद्यार्थीले क्रान्तिकारीको झण्डा हटाएका थिए।
त्यसपछि दुई पक्षका विद्यार्थीबीच हात हालाहाल भएको हो। त्यहाँ अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले हस्तक्षेप गरेपछि स्थिति सामान्य भएको बताइएको छ।
प्रकाशित: ८ फाल्गुन २०७९, सोमबार १५:२६