गुण एयरलाइन्सका जहाज उडान बन्द गर्न निर्देशन



काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सका जहाज उडान बन्द गर्न निर्देशन दिएको छ।

प्राधिकरणका एक अधिकारीका अनुसार पाइलट र क्रु मेम्बरलाई समयमै तलब नदिँदा उडान सुरक्षा जोखिम हुनाले उडान रोकिएको हो।

गुण एयरलाइन्सले यति एयरलाइन्ससँग जहाज खरिद गरी सञ्चालन गर्दै आएको थियो।

तर कम्पनीले व्यावसायिक रुपमा सफलता हासिल गर्न नसकेपछि संकटमा छ।

नियमित उडान गर्न नसकेको कम्पनीले ५ जेट स्ट्रिम जहाज बिक्री गर्न विदेशी कम्पनीसँग छलफल पनि गरिरहेको छ।

Tags :

प्रकाशित: ८ फाल्गुन २०७९, सोमबार १८:४४