काठमाडौं। नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावका सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रदान गरेको छ।
आज बेलुकी पार्टी कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाइने बताए।
राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ भन्ने अडानमा आफूहरू कायम रहेको उनको भनाइ छ।
‘यस विषयमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्रीलार्ई बैठकले दिएको छ,’ उनले भने।
राष्ट्रपतिमा सघाउन कांग्रेसले राखेको प्रस्ताबमाथि छलफल गर्न माओवादी पदाधिकारी बैठक बसेको हो। नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड राष्ट्रपतिमा कांग्रेसलाई सघाउने सोचमा छन्।
प्रकाशित: ८ फाल्गुन २०७९, सोमबार १८:५९