आईसीसी विश्वकप क्रिकेट लिग-२: अन्तिम खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै



काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो। यससँगै स्कटल्याण्डले अब पहिले ब्याटिङ गर्ने भएको छ।

यस सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई हराउँदै सुखद् अन्त्य गर्न चाहन्छ।

नेपालले तीन खेलमा जीत निकालेको छ। दुई खेलमा नामिबियालाई हराएको थियो भने एक खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो। स्कटल्याण्डले पनि नेपाललाई हराउँदै बदला लिन चाहन्छ ।

नेपालले आजकाे खेलमा एक खेलाडी परिवर्तन गरेकाे छ । गुल्शन झाकाे ठाउँमा ललित राजवंशीलाई टिममा समावेश गरेकाे छ ।

नेपालको प्लेइङ ११:

रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल,ललित राजवंशी।

Tags :

प्रकाशित: ९ फाल्गुन २०७९, मंगलवार ०८:४८