सन्दीपले झारे ४ विकेट



काठमाडौं। आइसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालविरुद्ध स्कटल्यान्डले मध्यम ब्याटिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको स्कटल्यान्डले २३ ओभरको समाप्तीमा ५ विकेटको क्षतिमा १ सय २४ रन बनाएर खेलिरहेको छ।

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले एक्लैले ४ विकेट लिए। कुशल मल्लले एक विकेट लिए।

अहिले क्रिजमा म्याथु क्रस १४ र ब्रान्डोन म्याकमुलेन ३ रनमा नटआउट छन्।

स्कटल्यान्डको ओपनर केर्ली कोट्जर २२ रनमा सन्दीपको बलमा एलबीडब्लु धरापमा परे। पहिलो विकेटका लागि ओपनर कोट्जर र जर्ज मुन्सेले ४२ रनको साझेदारी गरेका थिए।

सन्दीपले सातौ ओभरको पाँचौ बलमा ओपनर कार्ल कोट्जरलाई एलबीडब्लु धरापमा पारेका थिए।

सन्दीपले नै १३ औ ओभरको पाँचौँ बलमा जर्ज मुन्सेलाई बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाएका थिए। नेपालविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका मुन्सेले ५० बलमा ९ चौका र २ छक्का मद्धतमा ६० रन बनाएका थिए। नेपालविरुद्ध पहिलो खेलमा आराम दिइएको मुन्सेलाई स्कटल्यान्डले आजको खेलमा मैदान उतारेको थियो।

सन्दीपले १४ औँ ओभरको अन्तिम बलमा कप्तान रिची बेरिङटोनलाई एलबीडब्लु धरापमा पारे। रिची पहिलो बलमा नै आउट भए। कुशलले २०।२ ओभरमा म्याक ब्राइडलाई २२ रनमा एलबीडब्लु धरापमा पारे।

सन्दीपले नै २१.३ ओभमार थोेमस म्याकिन्टोसलाई १ रनमा सन्दीप जोराको हातबाट ब्याच आउट गराए।

Tags :

प्रकाशित: ९ फाल्गुन २०७९, मंगलवार ११:५४