महन्थलाई राष्ट्रपति बनाउन देउवा भेट्दै लोसपाका नेताहरू



काठमाडौं। सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर रहेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का शीर्ष नेताहरूले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन्।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका लोसपाका शीर्ष नेताले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लागेका हुन्। देउवासँग बिहान ९ बजे भेटवार्ता हुने लोसपाका एक नेताले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पूर्व सहमति तोडेर सहमतीय राष्ट्रपतिको अडान लिएपछि राजनीतिक दलहरु बीच भावी राष्ट्रपतिका लागि दौडधुप चलिरहेको छ।

Tags :

प्रकाशित: १० फाल्गुन २०७९, बुधबार ०९:०२