बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प



काठमाडौं। सुदूरपश्चिममा भूकम्पको धक्का महसुस भएको छ।

बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।

अहिलेसम्म क्षतिको केही विवरण आएको छैन। सुदूरपश्चिममा केही समययता लगातार भूकम्पको धक्का महसुस भइरहेको छ।

यसअघि माघ १० गते बाजुराकै बिछ्या केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो।

त्यसपछि माघ १२ गते पनि बाजुरामा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

Tags :

प्रकाशित: १० फाल्गुन २०७९, बुधबार १४:३६