नेकपा एसको सचिवालय बैठकले गर्यो दुई निर्णय



काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले २ वटा निर्णयहरू गरेको छ।

बुधबार पार्टी मुख्यालय आलोकनगरमा बसेको बैठकबारे जानकारी दिँदै उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘हाम्रो आजको बैठकले मूलत: २ वटा निर्णय गरेको छ ।’

एकीकृत समाजवादीले गरेको पहिलो निर्णयमा ‘लोकतन्त्रवादी र अग्रगमनकारीहरू एकठाउँमा उभिऔँ’ भन्ने छ । ‘केही दिनयता संविधानविरुद्ध धेरै प्रकारका गतिविधिहरू भइरहेका छन् । संविधानलाई अन्त्य गर्न, राजतन्त्र ब्युँताउन, हिन्दू राज्य फर्काउन र संविधानलाई समाप्त पार्न गतिविधिहरू सञ्चालन भएका छन् । यो प्रतिगामी हर्कतहरू बढिरहेको अवस्थालाई मनन गरेर अग्रगमन पक्षधर एकठाउँ उभिनुपर्ने अवस्था छ । हाम्रो पार्टीले यही आह्वान गरेको छ,’ उनले भने ।

यस्तै एकीकृत समाजवादीले राष्ट्रपतिका लागि कुनै प्रस्ताव नआएको प्रष्टीकरण दिएको छ । भावी दिनमा प्रस्ताव आएको खण्डमा छलफल गरेर आवश्यक निर्णय लिने आजको बैठकको दोस्रो निर्णय छ ।

‘अहिलेसम्म कुनै पक्षबाट राष्ट्रपतिका लागि प्रस्ताव आएको छैन । यदि पछि आयो भने त्यसलाई छलफलकै माध्यमबाट टुङ्ग्याउँछौँ,’ खतिवडाले भने ।

यस्तै उनले राष्ट्रपति राष्ट्रिय सहमतिबाटै टुङ्गिने बताए।

Tags :

प्रकाशित: १० फाल्गुन २०७९, बुधबार १५:३८