काठमाडौं। काठमाडौंको पुरानो बसापार्कमा भ्युटावर निर्माण गरिरहेका ठेकेदार तथा इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोजकुमार भेटवाल पक्राउ परेका छन्।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार काठमाडौंबाटै पक्राउ गरेको हो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको जानकारी दिएका छन्।
तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला काण्डमा यसअघि पनि उनी तानिएका थिए। ‘क’ वर्गका ठेकेदार भेटुवाललाई यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो।
भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको देखिएको यसअघि नै अनुसन्धानबाट खुलेको थियो।
प्रकाशित: १० फाल्गुन २०७९, बुधबार १७:०५