चिनियाँ राजदूतको सक्रियता बढ्यो, प्रधानमन्त्रीपछि माधवलाई भेटे



काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेका छन्।

राजदूत सोङ अध्यक्ष नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन्। उनीहरूबीच नेपाल-चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको अध्यक्ष नेपालका सचिवालय सदस्य मोहन गौतमले बताए।

राजदूत सोङले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए ।

नेपालमा राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा चिनियाँ राजदूतको सक्रियतालाई विश्लेषकहरूले अर्थपूर्ण भएको बताइरहेका छन्।

Tags :

प्रकाशित: १० फाल्गुन २०७९, बुधबार १७:१३