स्पट फिक्सिङका आरोपी तीन जनालाई धरौटीमा छाड्न आदेश



काठमाडौं। स्पट फिक्सिङ आरोपमा पक्राउ परेका पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीसहित तीनै जनालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ।

काठमाडौं जिल्ला अदालतले बुधबार थुनछेक बहस गर्दै उनीहरुलाई धरौटीमा छाड्न आदेश गरेको हो । ५ जनालाई प्रतिवादी बनाइए पनि २ जना फरार रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ७ विदेशी र ५ नेपालीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न राय दिएको थियो ।

तर, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नेपालीलाई मात्र मुद्दा दर्ता गरेको थियो।

Tags :

प्रकाशित: १० फाल्गुन २०७९, बुधबार १९:५५