कोरियामै लुके ८० प्रतिशत भन्दाबढी नेपाली ‘मौसमी’ श्रमिक



काठमाडौं। नेपालबाट रोजगारीका लागि गत वर्ष मौसमी श्रमिकका रूपमा कोरिया गएका ८० प्रतिशत बढी श्रमिक उतै लुकेका छन्।

मौसमी कादारका रुपमा गएका अधिकांश श्रमिक उतै लुकेपछि तत्काल सम्झौता नवीकरण नहुने भएको हो।

कोरियाको अध्यागमन विभागका निर्देशक इसुङ्ह्युनले केही वर्ष नेपालबाट मौसमी श्रमिक ल्याउने विषयमा सम्झौता नगर्ने विषयमा त्यहाँ रहेको नेपाली दूतावासलाई जानकारी गराएको श्रम मन्त्रालयले जनाएको छ।

दक्षिण कोरियामा अवस्थित नेपाली दूतावासका अनुसार मौसमी श्रमिकको हकमा कोरिया प्रवेश गरेका ७० प्रतिशत बढी अवैध रूपमा बसेको फेला परे सो देशबाट मौसमी श्रमिक ल्याउन तीन वर्ष प्रतिबन्ध लगाउने नीतिअनुसार नेपाललाई रोक लगाइएको हो।

यसअघि बेलायतले पनि नेपाललाई मौसमी श्रमिकका रूपमा लैजान रोक लगाएको थियो।

Tags :

प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार ११:५८