प्रचण्ड र देउवाको भेटमा राष्ट्रपतिबारे के भयो कुराकानी?



काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपति उम्मेदवारको विषयमा छलफल भएको छ। बिहीबार बिहान बालुवाटारमा दुईबीच छलफल भएको हो।

कांग्रेस सभापति देउवाले निर्वाचनअघिको पाँच दलीय गठबन्धनलाई व्युत्याउने कसरत गरिरहेको बेलामा दुईबीच भेट भएको हो।

भेटमा राष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको र देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अघि सारेका बताइएको छ। बुधबार बेलुका पनि प्रधानमन्त्रीसँग सभापति देउवासहितका कांग्रेसका नेताहरूले राष्ट्रपति चयनका विषयमा छलफल गरेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए।

Tags :

प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार १२:०५