काठमाडौं। उपत्यकामा प्रतिघन्टा ५० किलोमिटर भन्दा बढीको गतिमा सवारीसाधन गुडाउन नपाइने भएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्थालाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि नियमावलीसंशोधन भएको हो।
कलंकी-कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यसैगरी, कोटेश्वर-भक्तपुर सडक खण्डमा पनि प्रतिघन्टा ५० किलोमिटर गति तोकिएको छ ।
ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न स्थानमा आवश्यकताअनुसार गति सीमा तोकी सोही स्थानमा गति सीमाका बोर्डहरू समेत राखिएको जनाएको छ ।
तोकिएको गतिभन्दा बढीमा सवारी चलाउनेलाई ट्राफिक प्रहरीले जरिवाना तथा कारबाही गर्ने जनाएको छ।
प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार १७:४१