पूर्व गठबन्धन दलका नेताहरू राष्ट्रपतिबारे बालुवाटारमा रणनीति बनाउँदै



काठमाडौं। राष्ट्रपतिको उम्मेदवार चयनबारे सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कुरा मिल्न नसकिरहेका बेला पुरानो पाँच दलीय गठबन्धनका नेता छलफलमा जुटेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले चुनावअघिको पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच छलफल भइरहेको हो।

बालुवाटार स्रोतका अनुसार बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता सहभागी छन्।

बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्।

बैठक बिहान ९ बजेदेखि जारी रहेको बताइएको छ।

Tags :

प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार ११:१७