काठमाडौं। चुनाब पूर्वको गठबन्धनमध्ये चार दलको बालुवाटार बैठकमा नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको छ।
चार दलका शीर्ष नेताहरूको बैठकमा कांग्रेसलाई राष्ट्रपति दिएर पाँच वर्षभित्रै एक वर्ष नेता नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको बैठकमा सहभागी एक नेताले बताए ।
ती नेताले भने, ‘अहिले सहमतीय रूपमा कांग्रेसबाट राष्ट्रपति बनाऔं । ५ वर्षभित्रमा एक वर्ष माधवजीलाई प्रधानमन्त्री बनाउनेगरी पनि छलफल भएको छ ।’
तर, बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले विभिन्न विकल्पमा छलफल भइरहेको बताए ।
उनले भने, ‘अहिले विभिन्न विकल्पमा छलफल भइरहेको छ । बैठक सरकारात्मक छ । आजै पाँच बजे बसेर सबै टुंग्याउँछौं ।’
बालुवाटारमा ३ घण्टाभन्दा बढी बसेको चार दलको बैठकमा पुरानो गठबन्धन ब्युँताउँदै एमालेबाहेक राष्ट्रपतिमा सहमति जुटाउने प्रयासबारे विभिन्न कोणबाट छलफल भएको छ।
प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार १२:५८