राप्रपाले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ।

जारी राप्रपाको कार्यसम्पादन समितिको बैठकको राप्रपा राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

निर्वाचनमा भोट हाल्ने वा नहाल्ने विषयमा छलफल भइरहेको भन्दै फागुन २५ अघि फेरि बैठक बस्ने उनले बताए।

राष्ट्रपति निर्वाचनसम्बन्धी अन्य विषयमा छलफल जारी रहेको श्रेष्ठले जानकारी दिए।

Tags :

प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार १६:५९