काठमाडौं। चुनाव पूर्वको गठबन्धनका दलहरूले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति गरेका छन्।
बालुवाटारमा जारी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो।
आठ दलले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय भएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले बताए।
‘आज राष्ट्रपतिको मात्र कुरा भयो। कांग्रेसको उम्मेदवारलाई सघाउन हामी ८ दल सहमत भयौं,’उनले भने।
राष्ट्रपतिमा आफूहरूको पनि दाबी भएता पनि संसदको ठूलो दललाई कांग्रेसलाई समर्थन गरेको उनले बताए।
बिहान बसेको बैठकमा कांग्रेससँगै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो।
प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार १९:५९