आगोमा जलेर दुई बालकको मृत्यु



काठमाडौं। पाँचथरको हिलिहाङ गापा-७ मा आगोले जलेर दुईजना बालकको मृत्यु भएको छ।

शुक्रबार साँझ ईन्द्र कुमारी पन्थाकको दुई तले घरमा खोले पकाउने क्रममा अचानक आगलागी दुई बालकको ज्यान गएको हो।

आगलागी हुँदा घरभित्र खेलिरहेका फिदिम नपा-५ घर भई मामा घरमा बस्दै आएका सन्तोष खातीको ४ वर्षीय छोरा निशान खाति र छिमेकी कुमार पन्थाकको ५ वर्षीय छोरा सेसे पन्थाकको आगोले जलेर मृत्यु भएको प्रदेश १ प्रहरीका प्रवक्ता सुनिल दाहालले जानकारी दिए ।

जिप्रकाबाट गएको १० जनाको टोलीले स्थानियको सहयोगमा नियन्त्रणमा लिएको छ। आगोलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ।

Tags :

प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार २०:०६