कांग्रेस कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेद्वार छान्ने



काठमाडौ। संसद्‌को प्रमुख दल नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। राष्ट्रपतिका लागि उम्मेदवार चयन बिहान ८ बजे बैठक बोलाइएको हो।

कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ। तर, पौडेलको पक्षमा निर्णय गरिने नेताहरूले जनाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो।

बालुवाटारको बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी थिए।

Tags :

प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार ०७:३९