एमालेले राष्ट्रपति नपाएपछि राप्रपाले गर्यो सरकार छोड्ने निर्णय



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ।

आज बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सरकारहरुलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

परिवर्तिन सन्दर्भमा राप्रपा सरकारमा रहनु उपयुक्त नहुने ठहर वैठकले गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपतिको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसँग साथ छोडेर कांग्रेसलाई समर्थन गरेपछि राप्रपाले यस्तो निर्णय गरेको हो।       

Tags :

प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार १०:३४