रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेद्वार बनाउने कांग्रेसको निर्णय



काठमाडौं। नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

यसअघि बैठकमा सभापति शेरबहादुर देउवाले पौडेलको नाम प्रस्ताव गरेका थिए। पौडेलको नाम बैठकबाट अनुमोदन भएसँगै आजै १ बजे उम्मेदवारी दर्ता गराउने तयारी भएको छ।

Tags :

प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार १०:३९