एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने



काठमाडौं। नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

आज बसेको पार्टी सचिवालय वैठकले सो निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिएका छन्।

उनलेले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन्।

आठ दलको समर्थनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेद्वार बन्ने निश्चित भइसकेको ।

Tags :

प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार ११:२०