राजनिति दलको झण्डा नबोक्न सञ्चारकर्मीलाई डा रिजालको आग्रह



काठमाडौ । नेपाली काग्रेसका प्रभावशाली नेता डा मिनेन्द्र रिजालले राजनिति दलको झण्डा नबोक्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियनको बाग्मति प्रदेशको पदस्थापना कार्यक्रमा उहाँले सञ्चारकर्मीलाई अहिले विकास भएको बिज्ञान प्रविधिको क्षेत्र भएको विकासले पत्रकारितामा चुनौती आएको स्पष्ट पार्नुभयो ।

आफु सञ्चारमन्त्री हुदाँ र प्रतिनिधिसभामा रहदा आफुले निभाएको भुमिका प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा काम गरेको स्मरण गर्दै उहाँले सञ्चार जगत एक भएर देखिएका चुनौतीको सामना गर्न तयार रहन आग्रह समेत गर्नुभयो । कार्यक्रममा युनियनका अध्यक्ष शिव लम्सालले सरकारले प्रेस तथा अभिब्यक्तिलाई नियन्त्रण गर्ने गरि सञ्चार ऐन निर्माण गरेको भन्ने कुरामा सबै सचेत रहन र आन्दोलनको तयारी समेत जुट्न आग्रह गर्नुभयो ।

पुर्व अध्यक्ष किरण पोखरेल उपाध्याक्ष नकुल अर्याल डा मुरारी शर्मा महासचिव दिलिप पौडेल लगाएतका वक्ताले शुभकामना दिनुभएको थियो । युनियनले सातै प्रदेश अधिबेशन सम्पन्न गरेको छ ।

प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार ०६:४७