काठमाडौं। आठ दलिय गठबन्धनको बैठक सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले फागुन १८ गते संघीय सांसदहरुलाई अभिमुखीकरण दिने निर्णय भएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए। उनका अनुसार सातै प्रदेशमा पनि अुभिमुखीकरण दिइने छ।
बैठकमा राष्ट्रपति निर्वाचनसम्बन्धी छलफल भएको उनको भनाइ छ। प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा अहिले छलफल नभएको र केही दिनपछि छलफल हुने श्रेष्ठले बताए।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आठ दलबाट प्रस्तावित राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काको उपस्थिति रहेको थियो। माओवादीका शक्ति बस्नेत, देव गुरुङ लगायतका नेताहरु थिए।
नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ र नेतृ एलिजा गौतम सहभागी थिए।
प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार २१:०८