राष्ट्रपतिबारे छलफल गर्न रास्वापाको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने सभापति रवि लामिछानेले बताए।

बैठकले पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनबारे छलफल गर्ने बताइएको छ।

साथै, आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्ने बारेमा पनि छलफल हुने सम्भावना छ।

लामिछानेले अहिले कुनै दलको गठबन्धन वा सहकार्यमा नरहेको दाबी गरेका छन्।

‘अहिले हामी कुनै अलायन्समा छैनौँ,’ उनले भने, ‘हिजो बनेको संयन्त्रबाट हामी बाहिर निस्किसक्यौँ, कुनै संयन्त्रमा छैनौँ।’

सभापति लामिछानेले राष्ट्रपतिको चुनाव भएकोले अर्को निर्णय गर्ने बेला नभएको बताए।

Tags :

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार १०:५२