पीएनजीविरुद्ध सुरुवातमा नेपालले बलिङ गर्ने, प्रतिशको डेब्यू



काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिले बलिङ गर्ने भएको छ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजेको हो। पीएनजीले केही बेरमा नेपालविरुद्ध ब्याटिङ थाल्नेछ। नेपालले आजको खेलमा एक खेलाडीलाई डेब्यू गराएको छ। नेपालका प्रतिश जिसीले डेब्यू गरेका छन्।

आजको खेमला सहज जित निकाल्दै नेपाल सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ। नेपालको यो सिरिजको प्रदर्शनले एकदिवसीय मान्यता र विश्वकप छनोट खेल्ने निर्धारण गर्नेछ।

नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी।

Tags :

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार ११:४०