पल शाह जेलमुक्त



काठमाडौं। कलाकार पल शाह जेलबाट छुटेका छन्।

उच्च अदालतबाट सफइ पाएपछि तनहुँ कारागारले उनलाई सोमबार छाडेको हो। पल कारागारबाट छुट्दा उनकी बहिनीले बुझेकी छन्।

कारागारबाहिर पलका समर्थक तथा आफन्त ठूलो संख्यामा जम्मा भएका छन्। जिल्ला अदालत नवलपुर इमेलमार्फत सोमबार बिहान पललाई थुनामुक्त गरिदिन पत्र पठाएको थियो।

जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगको कसुरमा पललाई अढाई वर्ष कैदको फैसला गरेको थियो। तर त्यसलाई उच्च अदालत पोखराले बदर गर्दै पलिलाई सबै अभियोगबाट सफाइ दिएपछि एक वर्षदेखि थुनामा रहेका पल छुटेका हुन्।

पल २०७८ फागुन १५ गते तनहुँ प्रहरीको हिरासतमा पुगेका थिए। जाहेरी परेको चार दिनपछि प्रहरीसमक्ष पलले आत्मसमर्पण गरेका थिए।

Tags :

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार १३:३८