नेपालसामु पीएनजीले दियो २०४ रनको लक्ष्य



काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएईमा आजदेखि सुरु त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्यूगिनी(पीएनजी) ले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०३ रनको योगफल बनायो ।

पीएनजीका लागि कप्तान आसाद भाला र चाड सोफरले समान ३६ रन योगदान गरे । ओपनर किपिन डोरिगा २९ रनमा आउट हुँदा सेसे बाउ ३१ रनमा पभेलियन फर्किए । हिरि हिरी १० रनमा आउट भए । नोर्मान भानुुआ २५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका गुलसन झाले सर्वाधिक तीन विकेट लिए। उनले ९ ओभरमा २८ रन खर्चिए । कुशल मल्ले ८ ओभरमा ४३ रन खर्चिएर दुई विकेट लिँदा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान एक विकेट लिए।

Tags :

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार १५:५०