छविको आधा सम्पत्ति शिल्पाको हुने अदालतको फैसला



जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझाको मुद्दामा फैसला गरेको छ । अदालतले छविले शिल्पालाई आधा सम्पत्ति दिनुपर्ने, दुईबीच सम्बन्धविच्छेद हुने, बहुविवाह नठहर्नेलगायत फैसला सुनाएको हो ।

पोखरेलले आफूमाथि घरेलु हिंसा भएको भन्दै ओझाविरुद्ध अदालतमा मुद्दा दायर गरेकी थिइन् । अदालतले फैसला सुनाएकाे सोमबार उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।

‘हिजो सम्मानित काठमाडौं  जिल्ला अदालतबाट छवि ओझाविरुद्धको मेरो मुद्दामा मलाई जिताउने सम्पूर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पाएको महसुस गरेकी छु । यस कठिन समयमा मलाई बलियो साथ दिने परिवारजन, साथीहरू, संघसंस्था तथा विशेष सहयोगका लागि  वरिष्ठ अधिवक्ता रमेश गुरागाईंज्यू र अधिवक्ता मनोज यादवज्यूलाई कृतज्ञता तथा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु,’ उनले लेखेकी छिन् ।

प्रकाशित: १६ फाल्गुन २०७९, मंगलवार ०७:०४