कार्यसूची आएपछि प्रतिनिधिसभाको बैठक स्थगित



काठमाडौं। संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मलाई स्थगित भएको छ।

बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक अन्तिम समयमा चैत ५ सम्मलाई सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन्।

बुधबार दिउँसो १ बजेका लागि डाकिएको बैठक विशेष कारण बस्न नसक्ने भएकाले चैत ५ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बताए।

बुधबार बस्ने भनिएको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची थियो।           

Tags :

प्रकाशित: १७ फाल्गुन २०७९, बुधबार ११:२७