काठमाडौं। नेकपा एमालेले प्रदेश १ को नाम कोशी प्रदेश प्रस्ताव राख्न प्रदेशसभा सचिवसमक्ष प्रस्ताव दर्ता गराएको छ।
कोशी नामका लागि एमालेका रामकुमार राना प्रस्तावक छन्। उक्त प्रस्तावको एमालेकै निरन राई र भूमि राजवंशीले समर्थन गरेका छन्।
प्रदेशसभा सदस्यहरुलाई १० बजेदेखि १ बजेसम्म प्रस्ताव दर्ता गने समयससीमा दिइएको छ।
जसमा एमालेको तर्फबाट कोशी प्रदेश नाम राख्न प्रस्ताव दर्ता भएको प्रदेश सभा सचिव गोपाल पराजुलीले जानकारी दिए।
यसैबीच नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले कोशी प्रदेशमा भोट हाल्ने निर्णय गरेको छ।
माओवादीका प्रदेश सभा सदस्य गणेश उप्रेतीले बैठकले कोशी प्रदेशमा भोट हाल्ने निर्णय भएको बताए।
अहिले विराटनगरमा एमाले र काङ्ग्रेसको दलको बैठक जारी छ।
प्रकाशित: १७ फाल्गुन २०७९, बुधबार १३:५२