रामचन्द्र पौडेलले सबै मतदाताहरूलाई मत माग्दै पत्र पठाए



काठमाडौं। राष्ट्रपति चुनावमा आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै मतदाताहरूलाई मत माग्दै पत्र पठाएका छन्।

आसन्न राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका कूल ८८२ मतदाताहरू रहेका छन्। पौडेलले ‘संविधानको सीमाभित्र रहेर देशको सेवा गर्न चाहेको’ बताउँदै सबै मतदाताहरूलाई व्यक्तिगत रूपमा पत्र पठाएका हुन्।

यसअघि पार्टीले सबै दललाई मत माग्दै पत्र पठाइसकेको छ। यही फागुन २५ गते राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। पौडेलको प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका सांसद तथा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ रहेका छन्।

Tags :

प्रकाशित: १७ फाल्गुन २०७९, बुधबार १४:२५