काठमाडौं। भारतबाट पेट्रोल डिजेललगायतका इन्धनको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले मूल्य घटाएर पठाएको हो।
नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्याङ्कन गर्दै मूल्य घटबढ गर्ने सम्झौता छ।
जसअनुसार आज १ तारिखमा नयाँ मूल्य भारतले पठाएको हो। नयाँ मूल्यअनुसार खाना पकाउने एलपी ग्यासबाहेक सबै इन्धनको मूल्य घटेर आएको छ।
नेपाल आगल निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २१ पैसा, डिजेल प्रतिलिटर पाँच रुपैया, मट्टितेल प्रतिलिटर तीन रुपैयाँ ४० पैसा, हवाइ इन्धन पाँच रुपैयाँले घटेर आएको छ।
प्रकाशित: १७ फाल्गुन २०७९, बुधबार १७:५३