जनकपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बिथोलिएको राजनीतिक वातावरण सही ट्रयाकमा आएको बताउनुभएको छ । धनुषा कांग्रेसको पार्टी कार्यालयमा बिहीबार बिहान सञ्चारकर्मीसँगको कुराकानीमा उनले देशको जनीति सही बाटोमा आएको दाबी गर्नुभएको हो । अकेही समय असहजतातर्फ राजनीति अघि बढे पनि अहिले जनताको जनमतअनुरुपको राजनीतिक परिस्थिति निर्माण भएको सिंहको भनाइ थियो। अब आठ दलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्ने उहाँले बताउनुभयो ।
राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको भन्दै सिंहले राष्ट्रपति निर्वाचनबारे कुनै पनि दुविधा नराख्नसमेत आग्रह गर्नुभयो । उहाँले सरकार पनि आठ दलबीचको समझदारीबमोजिम अगाडि बढ्ने बताउनुभयो । अहिले मुलुकको अर्थतन्त्र संकटमा रहेकाले बिग्रिएको परिस्थितलाई सम्हालेर जानुपर्ने चुनौती रहेको भन्दै सिंहले सरकारको पहिलो काम नागरिकमा आशा जगाउनु पर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार १०:४४