काठमाडौ । सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन्। बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष खाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ। अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दैप्रहरीले जानकारी दिएको छ। उनी बोल्न सक्ने अवस्थामै छिन्।
तर विष पिउनुको कारणबारे बताउन मानेकी छैनन्।यस्तै अभिनेता पल शाह काठमाडौं आउँदा स्वागत गर्न उनी विमानस्थल पुगेकी थिइन्। उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार १०:५४