कोशी प्रदेश नामाकरण गरेकोमा डा. रिजालले दिए बधाई



काठमाडौ । नेपाली काँग्रेसका युवा नेता डा मिनेन्द्र रिजालले प्रदेश नम्बर एकको नामाकरण ‘कोशी प्रदेश’ गरेको खुशी ब्यक्त गरेका छन् । सामाजिक सञ्जाल मार्फत प्रदेश सभा सदस्यप्रति आभार ब्यक्त गर्दै आफु सप्तकोशी नामको पक्षमा रहेको भएपनि कोशी भएकोमा अत्यन्त खुशी बताएका छन् ।

उनले लेखेका छन् ।
“हाम्रो प्रदेशको नामाकरण भएको छ, अत्यन्त खुशी लागको छ। मेरो व्यक्तिगत सुझाव सप्तकोशी थियो, तथापि अन्य कुनै प्रस्तावित नाम भन्दा कोशी नै ठिक छ। यो कार्य सम्पादन गर्न सफल सम्पूर्ण प्रदेश सभा सदस्यप्रति आभार।”

प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार ११:४०