काठमाडौँं । २४ चैत्रबाट प्रदर्शनमा आउने फिल्म ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक भएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्मले ट्रेलर हेर्दा राजनीतिक र सामाजिक कथा उठान भएको अनुमान लगाउन सकिन्छ । फिल्ममा विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका छ । उनीहरुको वैवाहिक जीवनपछि जातीयताको कारण आउने समस्या, त्यसमा अन्य व्यक्तिहरुले खेल्ने खेलको कथामा फिल्म बनेको वुझ्न सकिन्छ ।
फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा सुशील पौडेलको कथा छ । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, राजनराज शिवाकोटीको संगीत छ । फिल्मको निर्माता सुदर्शन बस्नेत हुन् । सुभास थापाको प्रस्तुतिमा तयार भएको फिल्म एसजी फिल्मस्ले सुलभ थापा प्रोडक्शनसँग सहकार्य गर्दै यो फिल्मको निर्माण गरेको हो । ‘प्रसाद’ व्यापारिक र समीक्षागत रुपमा हिट भएपछि यसको निर्माणपक्षले यसको सिक्वेलको निर्माण गरेको हो ।
प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार १२:००