काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ को जारी त्रिकोणात्मक शृंखलामा नेपालले पपुवा न्युगिनीविरुद्ध बलिङ थालेको छ।
यूएईमा पपुवा न्युगिनीले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको हो।
नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। हिजो बिहीबार यूएईसँगको खेल खेलेका गुल्सन झाको सट्टा आज भीम सार्की मैदान उत्रिएका छन्।
प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार १२:२७