सन्दीपले ब्याटिङमा आशिफलाई बलियो साथ दिँदा नेपालको रोमाञ्चक जित



काठमाडौं। लेग स्पिनर सन्दीप लामिछानेले ब्याटिङमा आशिफ शेखलाई बलियो साथ दिएपछि नेपालले विश्वकप छनौटको सम्भावना जीवितै राखेको छ।
आईसीसी लिग २ मा शुक्रबार नेपालले पपुवा न्यूगिनीलाई तीन विकेटले पराजित गरेपछि विश्वकप छनौटको सम्भावना जीवितै राखेको हो। ओपनर आसिफ शेखले नेपालका लागि नटआउट ८६ र सन्दीपले ३५ रन बनाए।
विश्वकप छनौटमा पुग्न नेपालले बाँकी सबै खेल जित्नै पर्ने दबाब छ। सन्दीपले ओपनर आशिफलाई बलियो साथ दिँदा नेपालको जित सम्भव भएको हो। ७ विकेट गुमेपछि क्रिजमा आएका सन्दीपले आशिफसँग ७७ रनको पार्टनरसिप गरे।
नेपालका लागि कुशल मल्लले २३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो। लामिछानेले करियरकै उत्कृष्ट ब्याटिङ गरे । उनले ५० बल खेल्दै ३ चौकाको सहयोगमा ३५ रन बनाए ।

सन्दीपले एकदिवसीय क्रिकेटमा पहिलो पटक ३५ रन बनाए।यसअघि टस जितेर पहिले ब्याटिङ गरको पीएनजीले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।

Tags :

प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार १९:१९