काठमाडौं। आगामी वर्ष श्रृलंकामा आयोजना हुने आईसीसी यू-१९ विश्वकपमा स्थान पक्का गरेर नेपाली टाेली स्वदेश फर्किएको छ।
दुबईमा सम्पन्न छनोट खेलमा लगातार जित निकालेको नेपालले अन्तिम तथा महत्वपूर्ण खेलमा घरेलु टिम यूएईविरुद्ध ७ रनको रोमाञ्चक जित निकाल्दै ८ वर्षपछि विश्वकपमा स्थान बनाएको थियो।
दुबईमा च्याम्पियन बनेको नेपाली टीम आज साँझ ६ बजे फ्लाई दुबईको जहाजबाट नेपाल फर्किएको हो।
प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार २०:४३