सत्तारूढ ८ दलीय गठबन्धनको बैठक जारी



काठमाडौं। सत्तारूढ ८ दलीय गठबन्धनको बैठक जारी छ।

बैठक प्रधानममन्त्री सरकारी निवास बालुवाटार जारी छ। बैठकले राष्ट्रपतिको निर्वाचनसँगै विविध विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै नेताहरू जनार्दन शर्मा ‘प्रभाकर’ र शक्ति बस्नेत, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र रमेश लेखक, नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भूसालसँगै नेताहरू प्रमेश हमाल, राजेन्द्र पाण्डे छन्।

यस्तै नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउतसँगै खानेपानी मन्त्रीसमेत रहेका नेता अब्दुल, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरू सहभागी छन्।

Tags :

प्रकाशित: २१ फाल्गुन २०७९, आईतवार १७:११