काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गतको शृङ्खलामा नेपालले आज संयुक्त अरब इमिरेट्स यूएईसँग खेल्दैछ।
खेल विहान पौने १२ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। घाइते भएका कारण आजको खेलमा कुशल भुर्तेलले खेल्न पाउने छैनन्।
कुशलको ठाउँमा सन्दीप जोराले खेल्ने पक्का भएको छ। यसै शृङ्खला अन्तर्गत यूएईसँग भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो। युएई भने बाँकी दुई वटै खेलमा पपुवा न्यूगिनिसँग पराजित भएको छ।
नेपालले लिग-२ मा ५ खेल खेल्न बाँकी नै छ। बाँकी सबै खेल जितेमा नेपालले सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने ३ खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ।
अङ्क तालिकामा नेपाल ३१ खेलमा ३० अङ्ककका साथ छैटौँ स्थानमा छ। पीएनजी ३२ खेलमा ९ अङ्कसहित तालिकाको पुछारमा छ। ३१ खेल खेलेको यूएई ३१ अङ्कका साथ पाँचौँ स्थानमा छ।
प्रकाशित: २२ फाल्गुन २०७९, सोमबार ०७:१८