काठमाडौं। फागुपूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ।
सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यविरुद्ध सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन छ।
प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार ०७:४९