काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ।
हिजो बसेको कार्य सम्पादन समितिको बैठकले भोलि हुने राष्ट्रपति चुनावमा भाग नलिएर तटस्थ बस्ने निर्णय गरेको बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए।
आफूहरूको सिद्धान्त राजसंस्था भएकाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरिएको उनले बताए। आज राष्ट्रपतिका लागि मतदान हुँदैछ।
प्रकाशित: २५ फाल्गुन २०७९, बिहीबार ०८:११