आसिफको शतकमा नेपालले दियो पीएनजीलाई कीर्तिमानी लक्ष्य



काठमाडौं। आसिफ शेखको शतकको सहयोगमा आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले पीएनजीलाई २९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ।

कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४९ ओभर १ बलमा सम्पुर्ण विकेट गुमाएर २९७ रन बनायो।

नेपालको एकदिवसीय क्रिकेटमा यो हालसम्मको धेरै योगफल हो। यो भन्दा पहिला नेपालले नामिबियाविरुद्धको खेलमा २८६ रनको लक्ष्य पछ्याउँदै २८७ रन बनाएको थियो।

नेपालका लागि आसिफले ११० बल खेल्दै १० चौला र २ छक्काको सहयोगमा ११० रन बनाए। नेपालका लागि कुसल भुर्तेलले ४५ रन बनाउदा भिम सार्कीले ४४ रनको योगदान गरे ।

नेपालका कप्तान रोहित कुमार पौडेलले ३० रन जोडे। पीएनजीका लागि सेमो कामियाले पाँच विकेट लिए । त्यस्तै रिले ह्याकुरेले पनि तीन विकेट लिए ।

नेपाल आजको खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ। नेपालले यो सिरिजमा हुने चारै खेल जित्न सकेमा नेपाल विश्वकप छनोटमा पुग्नेछ।

Tags :

प्रकाशित: २५ फाल्गुन २०७९, बिहीबार १३:२२