राष्ट्रपति पौडेलको यस्तो छ पहिलो दिनको कार्यतालिका



काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको पशुपति दर्शनदेखि विपी बिपी संग्रहालय अवलोकनसम्मको कार्यक्रम छ।

विभिन्न राजनीतिक तथा धार्मिक कार्यक्रममा सहभागी हुन लागेका हुन्।

बिहीबार राष्ट्रपतिमा निर्वाचित पौडेलको यो पहिलो दिनको कार्यक्रम हो।

राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्टै अहिले बिहान ८ बजे भेट्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ। सभामुखसँगको भेटपछि राष्ट्रपति पौडेलले पशुपतिको दर्शन गर्ने कार्यतालिका छ।

तालिका अनुसार बिहान ९ बजे उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने भएका हुन्।
उक्त दर्शन गरिसकेपछि राष्ट्रपति पौडेल ११ बजे सुन्दरीजल पुगेर बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ।

Tags :

प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार ०८:३४