नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिताले उपराष्ट्रपतिमा उम्मेदवारी दिने



काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले यही चैत ३ गते हुन लागेको उपराष्ट्रपति पदमा उम्मेदवारी दिने भएकी छन्।

सिंहदरबारमा शुक्रबार बसेको उन्मुक्ति संसदीय दलको बैठकले अध्यक्ष चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

उन्मुक्तिका सांसद गंगाराम चौधरीले अध्यक्षलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने निर्णय भएको जानकारी सञ्चारकर्मीलाई दिएका छन्।

पार्टी अध्यक्षलाई उपराष्ट्रपतिमा अघि सार्ने निर्णय भएको बताउँदै अब यसलाई लिएर राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धनमा छलफल गरिने पनि चौधरीले बताएका छन्।

बिहीबार राष्ट्रपति पदमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्।

Tags :

प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार १३:३३